टाइगर कप भलिबलः आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

पोखरा । तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ दुई विभागीय टीमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । टाइगर ग्रुप पोखराले आयोजना गरेको प्रतियोगितामा एपिएफले घरेलु टोली गण्डकीलाई ३-० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो भने आर्मीले न्यू डायमण्डलाई ३-१ को सेटमा हरायो ।

जारी प्रतियोगितामा गण्डकीले कुनैपनि खेल जित्न सकेन । राउण्ड रोविन लिगमा तीन र सेमिफाइनल गरी कुल चार खेल खेलेको गण्डकीको प्रदर्शन निकै कमजोर रह्यो । एपिएफ भने अविजित रूपमा फाइनल प्रवेश गरेको हो । सबै खेलमा एपिएफ विजयी भयो । आर्मीले ३ खेल जित्यो ।

यता, पुरुष तर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा त्रिभुवन आर्मीको सामना गर्ने भएको छ । राउन्ड रोविन लिग चरणको अन्तिम खेलमा गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।

जितसँगै चार खेलबाट ८ अंकसहित गण्डकी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । जितविहीन पाहुना टोली सेन्ट जोसेफ लिगचरण बाटै बाहिरिएको छ । बाहिरिँदा नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान सुरक्षित बनाएको छ ।

बिहीबार नै सम्पन्न लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा गण्डकीसँगको भेट पक्का गरेको हो । पुलिसले भने अब फाइनल प्रवेशका लागि एपिएफको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *