कर्णालीका नवनियुक्त ४ जना मन्त्रीहरुले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माको सिफारिस भएका मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको सपथ लिएका हुन ।

नेकपा एमालेबाट टेकराज पछाई र जित बहादुर मल्लले मन्त्री पदको सपथ लिएका छन् । पछाई जुम्लाबाट र मल्ल मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । यस्तै, माओवादी केन्द्रबाट कृष्ण बहादुर जिसी र भीम प्रकाश शर्माले सपथ लिएका छन् । जिसी सुर्खेत क्षेत्र नम्बर १ प्रदेश सभा ख तथा शर्मा सल्यान ख बाट निर्वाचित सांसद हुन ।

नेकपा एमालेका विनोद कुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले पुष २८ गते मुख्यमन्त्रीसङ्गै सपथ ग्रहण गरेका थिए ।

यो सङ्गै कर्णाली सरकारले पूर्णता पाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *