कर्णाली सरकारले पायो पूर्णता, नवनियुक्त ४ मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको शपथ लिएका हुन ।

नेकपा एमालेबाट टेकराज पछाई र जितबहादुर मल्लले मन्त्री पदको सपथ लिएका छन् । पछाई जुम्लाबाट र मल्ल मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

यस्तै, माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भिमप्रकाश शर्माले सपथ लिएका छन् । जिसी सुर्खेत क्षेत्र नम्बर १ प्रदेश सभा (ख) तथा शर्मा सल्यान (ख) बाट निर्वाचित सांसद हुन ।

नेकपा एमालेका वीनोद कुमार शाह र माओवादी केन्द्रका मंगल बहादुर शाहीले पुष २८ गते मुख्यमन्त्रीसङ्गै सपथ ग्रहण गरेका थिए । योसँगै कर्णाली सरकारले पूर्णता पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *