कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, एमाले र माओवादीले टुङ्ग्याए भागबण्डा

सुर्खेत । कर्णालीमा आज मन्त्रीपरिषद् विस्तार हुँदै छ । नेकपा एमाले र माओवादीले मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन् ।

भागबण्डा टुङ्ग्याएसँगै मुख्यमन्त्रीकाे सिफारिसमा प्रदेश प्रमखुले आजै मन्त्रीहरू नियुक्त गरी साँझ ६ बजे नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी गरिएकाे छ ।

कुन मन्त्रालयमा को को बने मन्त्री ?

एमालेबाट

१. विनोदकुमार शाह –आर्थिक मामिला तथा योजना मन्त्रालय

२. टेकराज पछाई –सामाजिक विकास मन्त्रालय

३. जितबहादुर मल्ल –उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय

माओवादीबाट

१. मंगलबहादुर शाही –भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रो मन्त्रालय

२. कृष्णबहादुर जिसी –आन्तरिक मामिला तथा कानुन मन्त्रालय

३. भिमप्रकाश शर्मा –भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *