आचार्यका परिवारलाई गृहमन्त्रीले भने : ‘सरकार तपाईंहरुसँगै छ’

काठमाडौँ । आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारलाई गृहमन्त्री रवि लामिछानेले भेटेका छन् । भेटमा लामिछानेले आचार्यका परिवारलाई सान्त्वना दिँदै आफू यो विषयमा गम्भीर भएको बताएका छन् ।

गृहमन्त्री लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार उनले दुःखका बेला सरकार आचार्य परिवारकाे पक्षमा रहेको भन्दै आचार्यले उठाएका कुराहरू सम्बोधन गर्न आफू तयार रहेको बताए । लामिछानेलाई उद्धृत गर्दै पाण्डेले भने, ‘दुःखका बेलामा तपाईंहरुसँगै छौँ । सरकारले के गर्न सक्छ हामी गर्छाैँ।’ भनेर गृहमन्त्री ज्यूले भन्नुभएको छ ।

आचार्यले हिजो मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए । आचार्यको उपचारका क्रममा आज बुधबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

यसअघि बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहको निर्णय विगतदेखिको निराशा र पीडाको परिणाम भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *