कर्णालीमा वर्षा र हिमपात, किसानहरू खुसी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात शुरु भएको छ । बिहानैदेखिको प्रतिकूल मौसमपश्चात् कर्णाली प्रदेशका हिमाली जिल्लाहरू डोल्पा, जुम्ला, हुम्ला र मुगुका हिमाली तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न शुरू भएको हो ।

जुम्लामा यो वर्षकै पहिलो पटक हिउँ परेको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू मंगलबार प्रतिकूल मौसमका कारण हिउँ पर्न थालेपछि खुसी भएको हुम्लाको से-फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिएका छन् । उनकाअनुसार हिउँदे वर्षा र हिमपातले खेतीपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिएपनि यसले राम्रो गर्ने गरेको भनाइ छ ।

यस्तै जुम्लाका विभिन्न भू-भागमा हिउँ पर्दा जनजीवन प्रभावित बनेको छ । जुम्लाका धनबहादुर रोकायाले मकालुखबरलाई भने, ‘अहिले जुम्लामा हिउँ परिरहेको छ ।’ यो वर्षकै आज पहिलो पटक हिउँ परेको हो । जसकारण मंगलबार जुम्लामा तापक्रम घटेको छ र जनजीवन प्रभावित भएको छ । यद्यपि हिउँ पर्दा किसान भने हर्षित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *