भृकुटीमण्डमा माघ १३ देखि आठौँ उड प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ । नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पो मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

विश्वका विभिन्न देशका १०० भन्दा बढी कम्पनी तथा ब्राण्डका उत्पादनहरु एक्स्पोमा राखिने आयोजक कम्पनीले जनाएको छ । आठौँ संस्करणको एक्स्पो १३ देखि १५ माघमा आयोजना हुने बताइएको छ ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसाय सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन प्रदर्शनी ७ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *