कर्णालीमा घट्यो एक मन्त्रालय, ऊर्जा र भौतिक मन्त्रालयको समायोजन

सुर्खेत । कर्णालीमा मन्त्रालयको सङ्ख्या घटाइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार एक मन्त्रालय घटाइएको मुख्यमन्त्री राजकुमार शर्माले बताए । पहिले विभाजन गरिएका ऊर्जा तथा सिचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई पुनः समायोजन गरेर एकै मन्त्रालय बनाउने सोमबार बसेको एमाले र माओवादीको बैठकले निर्णय गरेको मुख्यमन्त्री शर्माले बताए ।

मन्त्रीमण्डल विस्तारको विषयमा पनि छलफलमा रहेका छौँ । एक मन्त्रालय घटाउने सहमति भए मात्रै प्रदेश सरकारमा मन्त्रीमण्डल विस्तार गर्ने एमाले माग गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *