निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा शिल्पीको सडक नाटक (तस्बिरहरु)

काठमाडौँ । अपहरण गरी बन्धक बनाएर हत्या गरिएकी बाँकेकी महिला निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै गरिएकाे आन्दोलनमा समर्थन जनाउँदै सोमबार शिल्पी थिएटरका कलाकारहरूले माइतीघरमा सडक नाटक मञ्चन गरेका छन्।

पुस १४ गतेदेखि महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा गरिरहेकाे तेस्रो चरणको आन्दोलन र धर्नालाई समर्थन गर्दै शील्पीका
कलाकारहरूले महिला हिंसा सम्बन्धि कथामा आधारित छोटो सडक नाटक मञ्चन गरेका हुन् ।

आज शिल्पी थिएटरसहित वृहत नागरिक आन्दोलनले आन्दोलन र धर्नामा समर्थन जनाउँदै माइतीघरमा प्रदर्शनसमेत गरेको थियो ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *