प्रदेश अस्पताल सुर्खेतमा यो हप्ताबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मिर्गौला प्रत्यारोपण सेवा यही हप्ताबाट सुरु हुने अस्पतालले जनाएको छ ।

हाल मिर्गौला प्रत्यारोपण सेवा काठमाडौँ र पोखरामा मात्र सञ्चालन हुँदै आएकोमा आगामी शनिबारबाट प्रदेश अस्पताल सुर्खेतमा पनि यो सेवा सुरु हुने सोमबार पत्रकार भेटघाटमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । प्रदेश अस्पतालमा यो आर्थिक वर्षबाट केही थप सेवाहरू पनि बिस्तार गरिएको छ ।

विस्तार गरिएका सेवाहरूमा आँखाको शल्यक्रिया सेवा (फेको पद्धति) बाट अब प्रदेश अस्पतालमै प्राप्त गर्न सकिनेछ । थप ७ वटा मोडुलर ओटी सञ्चालन हुने, डाइलासिस सेवा (आइसियु र पोस्ट अप)मा बिस्तार, अर्थोपेडिक सर्जरी हप्तामा ६ दिन र जनरल सर्जरी हप्तामा ४ दिन सञ्चालन हुने, मिर्गौला प्रत्यारोपण सेवाको सम्झौता भई यो हप्तादेखि सेवा सञ्चालन हुने, एमआरआई मेसिन चैत मसान्तभित्र सञ्चालन हुने पनि डा. खड्काले बताए ।

साथै अस्पताल भवनको तला थपको टेण्डर प्रक्रियामा रहेको पनि उनले बताए । थप गरिएका सेवाहरू आँखाको शल्यक्रिया सेवा (फेको पद्धति), थप ७ वटा मोडुलर ओ।टि सञ्चालन हुने, डाइलासिस सेवा (आइसियु) र पोस्ट अपमा बिस्तार, अर्थोपेडिक सर्जरी हप्तामा ६ दिन सञ्चालन हुने, जनरल सर्जरी हप्तामा ४ दिन सञ्चालन हुने, मिर्गौला प्रत्यारोपण सेवा शनिबारबाट सुरु हुने, एमआरआई मेसिन चैत मसान्त भित्र सञ्चालन हुने, हाल अस्पतालले २९७ शैय्यामा सेवा प्रवाह गरिरहेको छ ।

सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठिकाँडामा वि.सं २०१९ मा स्वास्थ्य केन्द्रको रूपमा स्थापना भएको यो अस्पताल २०२४ सालतिर सुर्खेत उपत्यकामा स्थानान्तरण भयो । २०२९ सालमा १५ सैय्याको जिल्ला अस्पताल हुँदै, २०४९ सालमा २५ सैय्याको सेवा विस्तार भएको थियो । २०६२ साल फागुन ७ गते ५० शैय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रूपमा स्तर उन्नति भएको यो अस्पताल २०७५ कार्तिक १३ गते प्रदेश अस्पतालमा रूपान्तरण गरी कर्णाली प्रदेश सरकारको मुख्य र सङ्घीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवा सहितको २९७ शैय्यामा हाल प्रदेश अस्पताल सुर्खेतले सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *