संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्छु : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने वचन दिएका छन् ।

बिहीबार सभामुखमा निर्वाचित भएपछि संसदभवनबाट बाहिरिँदै उनले यस्तो बताए ।

उनले भने ‘निष्पक्ष र तटस्थ ढङ्गले संसद् चलाउँछु । सभाको प्रतिनिधित्व ठिक ढङ्गले अगाडि बढाउँछु, ।’
बिहीबारको संसद् बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित भएका छन् ।

घिमिरे झापा २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =