यी हुन् प्रदेश १ बाट मन्त्री भएका ६ सांसद

विराटनगर । प्रदेश १ ले एकै पटकमा ६ जना मन्त्री पाएको छ ।

मंगलबार भएको मन्त्रीमण्डल विस्ततारमा प्रदेश १ बाट ६ जनाले जिम्मेवारी पाएका छन् ।

झापाका राजेन्द्र लिङ्देन उपप्रधान र ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री भएका छन् । यस्तै भोजपुरबाट संस्कृति पर्यटन तथा नागरिक उड्डेयन मन्त्रीमा सुदन किराँती नियुक्त भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त भए ।

त्यस्तै, महिला बालबालिका तथा समाजकल्याण मन्त्रीमा भगवती चौधरी नियुक्त भइन् ।

धनकुटाका राजेन्द्रकुमार राई भुमी ब्यवथा सहकारी तथा गरिवी निवारण मन्त्री भए भने राष्ट्रिय सभा सदस्य विराटनगरकी चेली डा.बिमला राई पौड्याल परराष्ट्र मन्त्री भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *