खगेन्द्र नवजीवन केन्द्रको स्थापना दिवसको अवसरमा ‘व्हिलचियर रेस’ सम्पन्न

काठमाडौं। नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रका  संस्थापक अध्यक्ष स्व. खगेन्द्र बहादुर बस्नेतको ९५ औं जन्मजयन्ती तथा ५३ औं स्थापना दिवसको उपलक्ष्यमा ‘व्हिलचियर रेस’ सम्पन्न भएको छ। मंगलबार बिहान गोकर्णेश्वर नगरपालिकाको जोरपाटी ओरालो देखि खगेन्द्र नवजीवन केन्द्र नारायणटार सम्म रेस संचालन गरिएको थियो। ‘व्हिलचियर रेस’ प्रतियोगितामा महिला र पुरुष गरि कुल ११ जनाले प्रतिस्पर्धा गरेका  थिए।

प्रतियोगितामा पुरुष तर्फ रमेश खत्री, रामकाजी मिजार र अर्जुन दोङ तामाङ क्रमसः प्रथम द्दितीय र तृतीय भएका छन्। त्यसै गरि महिला तर्फ एश्वर्य कुमारी कुमाल प्रथम, पेमा गुरुङ द्दितीय र सुशिला शाही तृतीय भएका छन्।

प्रतियोगितामा प्रथम दितीय र तृतीय स्थान हासिल गर्नेहरुका साथै  सहभागीहरुलाई  माघ ५ गते नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका  संस्थापक अध्यक्ष स्व. खगेन्द्र बहादुर बस्नेतको ९५ औं जन्म जयन्तीको अवसरमा आयोजना हुने समारोहमा पुरस्कार वितरण गरिने  अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष साम्देन लामाले बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *