कर्णाली प्रदेशको सभामुखको लागि नन्दा गुरुङ र खड्ग पोखरेलको उम्मेदवारी

सुर्खेत । कर्णालीको सभामुखको लागि नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभाको कार्यालयका पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट गरुङले उम्मेदवारी दर्ता गराउँदा नेपाली काँग्रेसबाट पोखरेलले दिन उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ दलबीच भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ ।

उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ। सभामुखको निर्वाचन आइतबार बिहान ११ बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *