कर्णालीका मुख्यमन्त्री शर्मा र दुई मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार मुख्यमन्त्रीमा दाबी गरेका शर्माले बिहीबार प्रदेश प्रमुख तिलक परियार समक्ष शपथ लिएका हुन्।

नेकपा माओवादी केन्द्रबाट रुकुम पश्चिम (२) बाट निर्वाचित भएका शर्माले कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १७२ बमोजिम शर्माले मुख्यमन्त्रीको शपथ दिएका हुन् । उनलाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका १३ जना, एमालेका १० जना, राप्रपाका १ र एकीकृत समाजवादीका १ जना गरी २५ जना सांसदले समर्थन गरेका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा एमालेका विनोदकुमार शाह र माओवादीका मंगल शाहीले विना विभागीय मन्त्री रूपमा को शपथ लिएका छन् । उनीहरूकाे जिम्मेवारी पछि ताेकिने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *