कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माको दाबी पेस

कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले दावी पेस गरेका छन् ।

बुधवार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन। कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका हुन ।

उनलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन् । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका थिए । माओवादी पोलिटब्युरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा ९२० बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *