कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माले आज दाबी पेस गर्ने, एमालेको माग आलोपालोको सरकार

सुर्खेत । कर्णाली प्रदेशमा बुधवार मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्यतालिका रहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा आर्टले तोकिएको समयभित्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने गरी तयारी भइरहेको हो । यद्यपि नेकपा एमाले– माओवादीबिच पनि औपचारिक रूपमा ठोक निर्णय भइसकेको छैन ।

मंगलबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सरकारमा जाने–नजाने, समर्थन गर्ने, नगर्ने विषयको सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको थियो । त्यसपछि दुई दलका नेताहबीच सामान्यतयास् छलफल बाहेक ठोस निर्णय नभएको माओवादी स्रोत बताउँछ । माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार सामान्य छलफलमा यामलाल कँडेलले आलोपालो सरकार बनाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

यद्यपि केन्द्रीय समीकरणले पाँच वर्षनै कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउनुपर्ने निर्णय गरेको छ । एमाले स्रोतका अनुसार कँडेलले आलोपालो सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । माओवादी प्रदेश इन्चार्ज मल्लले आज ११ बजे दुई दलहरूबिच छलफल हुने र पाँच बजे अगावै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखको कार्यालयमा गएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्यतालिका छ । यद्यपि एमालेले अहिलेसम्म कुनै निर्णय गरिसकेको अवस्था छैन । सो बैठकमा नै ठोस निर्णय गरेर अघि बढ्ने उनले बताए ।

यदि एमालेले आलोपालो सरकार बनाउनुपर्ने धारणा राखेको खण्डमा केन्द्रलाई जानकारी गराएपछि मात्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने माओवादीको तयारी छ । कतिपयले एमालेले कांग्रेससँग पनि समीकरण गर्ने आकलन गरिरहँदा एमालेकै सांसद भने त्यसो हुन् नसक्ने बहेका छन् । ०७४ मा पनि प्रदेशमा एमालेकै कारण नेकपा विभाजनको डिलमा पुगेको कुरा स्मरण गर्दै एमालेका एक सांसदले भने,‘ कांग्रेससँग मिल्ने भन्ने कुरा बाहिरी हल्ला मात्र हो , ०७४ मा पनि त्यही भएर बिग्रिएको हो । त्यो कुरामा हामी सचेत छौँ । दल भित्र एक जनाले मात्रै चाहेर हुने होइन, केन्द्रको निर्णयको आधारमा अघि बढ्छौँ ।’ प्रदेश प्रमुख तिलक परियारले आज अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन् ।

उनले संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ । शर्मालाई एमालेले समर्थन गरे मात्रै सरकार बनाउनका लागि आवश्यक बहुमत पुग्छ । ४० प्रदेश सभा सदस्यीय सभामा सरकार बनाउन न्यून सिट २१ हो । माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सिट हुन्छ । अहिलेसम्म एमाले–माओवादीबिच नै ठोस निर्णय नहुँदा राप्रपासँग कुनै छलफल हुन् नसकेको सांसद सन्तोषी शाहीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *