समीक्षाको प्रश्न- मलाई गाली गर्ने अधिकार कसले दियो ?

काठमाडाैँ । समीक्षा अधिकारीले आफू गायिका बन्नकै लागि जन्मिएको बताउँदै स्वरले साथ दिँदासम्म गीत गाउने बताएकी छिन् । गायिका अधिकारीले पछिल्लो केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी छिन् ।

आफूलाई आइरहेका नकारात्मक कमेन्टहरूको प्रसङ्गलाई लिएर उनले भनेकी छिन् – ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन ।’

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस् लेख्दै उनले उक्त कुरा बताएकी हुन् । ‘म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु । कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् । म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु । मलाई माया गर्ने पनि हुनुहुन्छ’ उनी लेख्छिन् – ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *