समयमा नहिँड्नु पनि भ्रष्टाचार हो : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले समयमा नहिँड्नु पनि भ्रष्टाचार भएको बताएका छन् । बास नेपालले सोमबार गरेको कर्णाली प्रदेश स्तरीय भ्रष्टाचार विरुद्धको युवा सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले प्रत्येक मिनेटमा विश्वमा थुप्रै विकास भइरहेको बताउँदै हामीले समयमा नहिँड्दा पनि भ्रष्टाचार हुने उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले भने, ‘म सुशासन र भ्रष्टाचार अन्त्य गर्न संघबाट प्रदेशमा आएको हुँ । करिब १३ महिना सरकार चलाए । यो कार्यकालमा मेरो धेरै समय सुशासन स्थापना गर्नमा बितेको छ । अब केही दिनमा मेरो मुख्यमन्त्रीको कार्यकाल सकिए पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सधैँ खबरदारी गरिरहने छु ।’

उनले सबै सङ्ग मिलेर भ्रष्टाचार अन्त्य गर्न लाग्ने पनि बताए । कारबाही गरेर मात्र भ्रष्टाचार अन्त्य नहुने र त्यसको मुख्य कारण पत्ता लगाई अन्त्य गर्न लाग्नुपर्ने उनको भनाइ छ ।

नेताहरूलाई भ्रष्ट बनाउन जनताले नै प्रशय दिएको बताए ।

‘हामी अनियमितता गरेर योजना पार्ने नेतालाई महान् भन्छौं,’ उनले भने, ‘एसएलसीमा चिट चोराउने नेतालाई महान् भन्छौ । यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । हाम्रो देश सुनले फुलेको छ, हामी निन्द्रामा झुलेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *