पब्जी विश्वकपमा उपविजेता बन्यो नेपाली टिम, जित्यो ३ करोड ८६ लाख

काठमाडौँ । नेपाली ईस्पोर्ट्स टिम डिआरएस गेमिङले इन्डोनेसियामा सम्पन्न पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको उपविजेता बनेको छ ।

यस प्रतियोगिताको च्याम्पियन भने टर्कीको एसटू जी ईस्पोर्ट्स बनेको छ । नेपालबाट यस पबजी मोबाइल ग्लोबल च्याम्पियनसिपमा डिआरएस गेमिङ र टी२केले भाग लिएका थिए ।

डिआरएस गेमिङले उप विजेता बनेपछि २ लाख ९२ हजार डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार पाएको छ । डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन् । टिमका सिइओ भिक्टर पौडेल हुन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनल हेर्न काठमाडौँ महानगरका मेयर बालेन शाह पनि इन्डोनेसिया पुगेका थिए । बालेनले यसलाई नेपालको ऐतिहासिक सफलता भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *