‘मभित्रको म’ अब अंग्रेजीमा : शान्तलाल मुल्मीको ‘रिलेन्टलेस जर्नी’ विमोचन

समाजसेवी मनु मोक्तानलाई सम्मान

काठमाडौँ । शान्तलाल मुल्मीको आत्मवृत्तान्त ‘मभित्रको म’को अंग्रेजी संस्करण ‘रिलेन्टलेस जर्नी’ विमोचन गरिएको छ ।

नयाँ बानेश्वरस्थित अल्फा बिटा भवनमा एक कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गरिएको हो । छत्र लक्ष्मी–रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानाले आयोजना गरेको उक्त कार्यक्रममा यसअघि नेपाली भाषमा प्रकाशित आत्मवृत्तान्तलाई अंग्रेजी भाषामा विमोचन गरिएको हो । ‘मभित्रको म’बारे पाठकले दिएका सुझाव तथा सल्लाहअनुसार केही परिमार्जन र केही नयाँ पाठ थपेर उक्त अंग्रेजी संस्करण बजारमा ल्याइएको लेखक मुल्मीले बताए ।

लेखक मुल्मीका अनुसार कोभिड–१९ को दोस्रो लहरमा घरमा थुनिएका मुल्मीलाई उनकी पत्नी तीर्थमायाले पुस्तक लेख्न आग्रह गरिन् । उक्त आग्रहपछि करिब ३ महिना लगाएर मुल्मीले तयार पारेका मभित्रको म पुस्तकले बजारमा राम्रो स्थान पायो । विदेशी पाठकहरूले पनि उक्त पुस्तकको माग गरेपछि त्यसलाई थप परिमार्जनसहित अंग्रेजी भाषमा प्रकाशन गरिएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह प्रधानका अनुसार ‘रिलेन्टलेस जर्नी’ ले इतिहास, राजनैतिक र सामाजिक परिवेशको चित्रण गरेको छ । यो पुस्तक विशेषगरी मानवअधिकार र समाजसेवीहरूका लागि उपयुक्त रहेको उनले बताइन् । जीवनमा नयाँ नयाँ विषय, मुद्दा, आयामहरू देखा पर्छन् । त्यस्ता चिजहरूलाई केलाएर अघि बढ्नुपर्ने कुराहरू ‘रिलेन्टलेस जर्नी’ मा उल्लेखित छ । यो पुस्तक पढ्दा आफैँ भित्रको ‘म’ लाई चिन्न सकिने उनले बताइन् ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका ८ का समाजसेवी मनु मोक्तानलाई ‘रुद्रलाल मुल्मी समाज सेवा पुरस्कार २०७९’ द्वारा सम्मान गरिएको छ । शिक्षा, स्वास्थ्य, सरसफाई, आर्थिक समस्या जस्ता विभिन्न क्षेत्रमा मोक्तानले गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *