‘एनआईबिएल ग्रोथ फण्ड’मा उत्साहपूर्ण सहभागिता, पर्‍यो १ अर्ब ३२ करोड बढीको आवेदन

काठमाडौँ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’मा १ अर्ब ३२ करोड बढीको आवेदन परेको छ ।

गत पुस ७ गतेबाट आवेदन खुल्ला भई हिजो बन्द गरिएको ‘एनआईबिएल ग्रोथ फण्ड’मा १ अर्ब ३२ करोड बढीको आवेदन परेको हो । सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५,८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरूबाट कुल १ अर्ब ३२ करोड भन्दा बढीको इकाई खरिदका लागी आवेदन परेको छ ।

वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पुँजी बजारको गतिविधिहरूमा देखिएको सुस्तताका बाबजुद यस योजनामा आम लगानीकर्ताहरूको उत्साहप्रदक सहभागिता देखिएको छ जुन प्रकारको उत्साह यसअघि हालै निष्कासित केही फण्डका योजनाहरूमा देख्न पाइएको थिएन जसको प्रमुख कारणको रूपमा ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत हाल सञ्चालित योजनाहरूले आफ्ना इकाईधनीहरुलाई निरन्तर रूपमा प्रदान गरिरहेको प्रतिफलकाबिच लगानीकर्ताहरूमा यस फण्डका योजनाहरू प्रति स्थापित उच्च विश्वास रहेको पाइएको छ ।

१० वर्षे समयावधिका लागी जारी गरिएको यस ‘एनआईबिएल ग्रोथ फण्ड’का इकाईहरू नेपाल स्टक एक्सचेन्जमा सो समयावधि सम्म सूचिकृत भई दोस्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *