मुक्तिनाथ विकास बैंककाे १७ औँ वार्षिकोत्सवमा एकसाथ १३ नयाँ शाखा शुभारम्भ

काठमाडौँ । मुक्तिनाथ विकास बैंक मंगलबार १७ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा उद्घाटन गरेको छ ।

उक्त समारोहको उद्घाटन गर्दै बैंकका अध्यक्ष भरत राज ढकालले १७ औं बर्षको सहयात्रमा साथ दिने शेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे ।

साथै, ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *