बेटर होम्सको फर्निचर मेला २२ पुसदेखि

२०७९ पुस २१ गते

काठमाडौँ । नेपालको पहिलो मोडुल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रालिले २२ पुसदेखि फर्निचर मेला आयोजना गर्ने भएको छ । काठमाडौँको सिटीसेन्टर अपाेजिट कमलपोखरीमा मेलाको आयोजना गर्न लागिेको कम्पनीले जनाएको छ ।
मेलामा घर, बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने सबै किसिमका फर्निचरहरु विभिन्न डिजाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै काठका विभिन्न फर्निचरहरु उपोभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था समेत मिलाइएको कम्पनीकी कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन् ।
मेलामा आरामदायी सोफा सेट, क्लासिक बक्स पलङ, सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल, दराजलगायत सामाग्री राखिने उनले जानकारी दिइन् ।
उनका अनुसार मेला २४ पुससम्म चल्ने छ ।

२०७९ पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित