पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोयिम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले सोही मन्त्रालयका सचिवलाई मूल्य घटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रलायका सचिवलाई बोलाएर पेट्रोलियमको मूल्य उच्च हुँदा आम सर्वसाधारणलाई मार परिरहेको भन्दै मूल्य घटाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

यसबारे आजै नेपाल आयल निगमले आवश्यक निर्णय गरेर कार्यान्वयनमा ल्याउन सम्भावना रहेको उक्त स्रोतको भनाइ छ ।

हाल आयल निगमलाई मासिक मासिक १ अर्ब रुपैयाँ भन्दा बढी नाफा हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने गरेको निगमले मूल्य घट्दा घटाउने गरेको छ । पेट्रोलियमका सबै उत्पादनको मूल्यको हिसाब गर्दा निगमलाई मासिक १ अर्ब रुपैयाँ भन्दा बढी नाफा रहेको हो । निगमले कानुनभन्दा बढी नाफा समेत लिइरहेको अवस्थामा प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *