‘एनआईबिएल ग्रोथ फण्ड’मा लगानी गर्ने आज अन्तिम अवसर

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गते देखि विक्रीमा ल्याएको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले १० वर्षे अवधिको सामूहिक लगानी कोषको ‘एनआईबिएल ग्रोथ फण्ड’ नामको इकाई निष्कासन गरेको हो ।

क्यापिटलले उक्त योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्कासन गरेको हो । कुल इकाईमध्ये १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापकलाई र १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

यो इकाई छिटोमा पुस १२ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस २१ गतेसम्म विक्री खुला गर्न लागिएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाई खरिद माग गर्न सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखी योजना हो । फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =