कलाकार संघको उपाध्यक्षमा बम्जनले उम्मेदवारी दिने 

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको १९औँ महाधिवेशन अगामी चैत महिनामा हुने भएको छ । बुधबार संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको संघको कार्यसमिति बैठकले अगामी चैत ४ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

संघको विधानअनुसार वर्तमान कार्यसमितिको पदावधि सकिएकाले बैठकले सोही महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन गर्ने निर्णयसमेत गरेको कलाकार संघले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । संघका सदस्यलाई सदस्यता नवीकरणका लागि फागुन ४ गतेसम्म समय तोकिएको छ ।

उपाध्यक्षमा बम्जनले उम्मेदवारी दिने 
संघको उपाध्यक्षमा डि बी बम्जनले उम्मेदवारी दिने भएका छन् । कलाकारको हक हितको निम्ति निरन्तर अग्रसर बम्जन एक दशकभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *