राष्ट्र बैंकद्वारा चालुपूँजी कर्जा मार्गदर्शन संशोधन (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालूपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको छ । १ कात्तिकदेखि कार्यान्वयनमा आएको मार्गदर्शन हाल बुधबार संशोधन गरेका हो । साविक ५० लाख रुपैयाँसम्मको कर्जामा चालू पूँजी कर्जा मार्गदर्शनको व्यवस्था लागु हुने व्यवस्था थियो । त्यस्तो सीमालाई संशोधन गरी हाल उक्त सीमा बढाएर १ करोड रुपैयाँ पुर्यायाएको हो ।

‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोड वा सोभन्दा कम चालूपूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालूपूँजी कर्जासम्बन्धी नीतिको अधिनमा रही चालूपूँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । तर, चालूपुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनु पर्नेछ,’ राष्ट्र बैंकको संशोधित व्यवस्थामा भनिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले स्थिर चालुपूँजी कर्जा ‘परमानेन्ट वर्किङ क्यापिटल’ को लागि ५ वर्षभन्दा माथिको आवाधिक कर्जा प्रदान गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै स्थिर चालुपूँजी कर्जाको लागि ५ वर्षको अनुमानित वित्तीय विवरण चाहिने व्यवस्थालाई संशोधन गर्दै ३ वर्षको भए हुने व्यवस्था गरेको छ । यस्तै ३ वर्षकै लेखापरीक्षण भएको वित्तीय विवरण चाहिनेछ ।

१ कात्तिकभन्दा अगाडि प्रवाह भएका चालुपूँजी कर्जाहरुलाई चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन अनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरणको सिलसिलामा कर्जा सीमाहरुलाई स्थिर चालुपूँजी कर्जा र घटबढ हुने अन्तर्गतका शीर्षकमा मिलान गर्दा कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना भएको नमानिने व्यवस्था गरेकाे छ ।

यस्ताे छ नयाँ व्यवस्थाकाे पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *