राष्ट्र बैंकद्वारा चालुपूँजी कर्जा मार्गदर्शन संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन रअर्थमन्त्री विष्णु पौडेलको समन्वयपछि राष्ट्र बैंकले उक्त मार्गदर्शन संशोन गरेको हो ।

उक्त मार्गदर्शन संशोधनले वित्तीय अनुशासन र स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ । मार्ग दर्शनमा भएको चालु सम्पत्ती र वार्षिक कारोबारको आधारमा मात्रै चालु पँजी कर्जा पाइने व्यवस्थालाई संशोधनमार्फत तत्काल कार्यान्वयनमा नल्याउने भएको हो ।

मार्गदर्शनले दिएको सीमाभन्दा बढी ऋण चलाउने व्यवासायीलाई सीमा भित्र ल्याउन दुई वर्षको समय दिने गरी मार्गदर्शन संशोधन भएको हो ।

यसबारे विस्तृत जानकारी दिए राष्ट्र बैंकले अहिले ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

७ भर्दा २०७९ मा राष्ट्र बैंकले उक्त मार्गदर्शन जारी गरेको थियो । १ कात्तीकदेखि कार्यान्वयनमा ल्याएको थियो ।

विभिन्न व्यापारिक फर्म, उद्योग र अन्य व्यावसायिक संस्थाहरुलाई उनीहरुको चालु सम्पत्ति तथा दायित्वहरुको नियमित मूल्यांकन गरेर व्यावसाय सञ्चालन गर्न छोटो अवधिको लागि लिइने कर्जा नै चालुपूँजी कर्जा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *