स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौँ । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बनेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरेका हुन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा गरेको थियो । उनले दाबी गरे अनुसार राष्ट्रिय बीमा कम्पनीले ४६ हजार ६०० रूपैयाँ प्रदान गरेको हो ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम राखेको हो । विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।

बीमा रकम लिँदै कलाकार अधिकारीले भने, ‘चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोगलाई मैले एक जीवनदानको रुपमा हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकून् ।’ बोर्ड अध्यक्ष केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *