कर्णालीमा हाम्रो विपक्षी भनेकै रोग, भोक र गरिबी हो : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाहीले कर्णालीमा बिपक्षी रोक, भोक र गरिबी भएको बताएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्याकालको पहिलो बैठकमा बोल्दै उनले हाम्रो विपक्षी गएको पाँच वर्ष पनि कर्णालीका समस्या भएको र अब पनि रहने बताए ।

प्रदेश सभा सदस्य सबैलाई बधाई तथा सुभकामना व्यक्त गर्दै उनले कर्णाली प्रदेश सभाको पहिलो कार्याकालमा धेरै कामहरु तथा ऐन, निती नियमहरु बनाउने काम भएको बताउँदै यसपटक काम गर्न झनै सहज हुने बताए । प्रदेश सांसदहरुको काम ऐन तथा निती नियम बनाउने भएको भन्दै यो कार्याकालमा पनि महत्वपूर्ण काम गर्ने उनको भनाइ छ ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्याकालको पहिलो बैठको अध्यक्षता कार्यवाहक सभामुखको रुपमा प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *