सरकारमा जान्छ त नेकपा एस ? स्थायी कमिटी बैठक जारी

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन स्थायी कमिटीको १४औं बैठक सुरु भएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सुरु बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै बैठकमा आगामी दिनको रणनीति तथा कार्ययोजना, पार्टी सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *