एमडीएमएस कार्यान्वयन नगर्ने दूरसञ्चार प्राधिकरणको सूचना

२०७९ पुस १५ गते

काठमाडौँ । नेपाल दूर सञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
प्राधिकरणले शुक्रबार दिउँसो एक सूचना जारी गरी यस्तो जनाएको हो । वैदेशिक रोजगारीबाट फर्किने व्यक्रिले ल्याउने मोबाइललाई गैरकानुनी बनाई त्यस्ता मोबाइलको ट्रयाक गरी ब्लक गर्ने कार्यमा प्रयोगमा ल्याउन लागिएको यो सिस्टम अर्को सूचना जारी नभएसम्मका लागि अर्थात् अनिश्चित कालका लािग स्थतिग गरिएको प्राधिकरणले जनाएको छ।
सरकारले आजबाट लागु गर्न लागेको उक्त सिस्टम चौतर्फी दबाबपछि कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका थिए ।
यस्ताे छ सूचना

२०७९ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित