शिल्पीमा ‘ज्ञानको चिहान’ (तस्बिरहरू)

काठमाडौँ । बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा अहिले ‘ज्ञानको चिहान’ मञ्चन भइरहेको छ । कलासी प्रोडक्सन र अनेरास्ववियू (क्रान्तिकारी) शैक्षिक विभागको सहकार्यमा निर्मित यो नाटक यही पौष १३ गतेदेखि मञ्चन भएको हो ।

विद्यार्थी नेतृ पञ्चा सिंहको परिकल्पनामा पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेको नाटक ‘ज्ञानको चिहान’ वर्तमान अवस्थामा नेपालको विश्वविद्यालय र क्याम्पसहरूमा हुने फोहोरी विद्यार्थी राजनीति र त्यसले शिक्षा क्षेत्रमा पारेको असरलाई चित्रण गर्न सफल भएको छ ।

यो नाटकले चिहान बन्दै गएको हाम्रो वर्तमान शिक्षा प्रणालीलाई पुनर्जीवन दिन एक प्रारम्भिक बहस सुरु गरेको आभास दिन्छ । नाटकले शिक्षा क्षेत्रमा भएका विभिन्न समस्याहरूलाई रचनात्मक तरिकाले बहसमा ल्याउने प्रयास गरेको छ ।

संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’ले विद्यार्थी आन्दोलनमा देखा परेका असल र खराब, दुवै पक्षबिचको संघर्षलाई समेट्ने प्रयास गरेको छ ।

नाटकले आजको युगमा पनि हाम्रो शिक्षा प्रणाली पुरानै अवस्थामा रहिरहँदा, यसलाई शैक्षिक क्रान्ति मार्फत बिग्रेको विषयहरूमा सुधारलाई कसरी गुणस्तरीय शिक्षा उपलब्ध गराउने भन्ने बारे फरक कोणबाट बहस छेडेको छ ।

श्रवणसिंह राना मगर, सुन्दर धिताल, सञ्जित प्रताप मल्ल, सौभाग्य सिंह राई(शोभा) लगायतका कलाकारहरूको अभिनय रहेको नाटक यही पौष ३० गते सम्म शिल्पी नाटकघरमा मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *