आरआरमा विद्यार्थी समूहबीच लफडा, खुकुरी चल्दा केही घाइते

काठमाडाैँ । प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आर.आर) क्याम्पसमा विद्यार्थीका दुई समूहबीच खुकुरी हानाहान भएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार बुधबार बिहान भएको झडपमा केही विद्यार्थी घाइते भएका छन् ।

दुई विद्यार्थी समूहबीच भएको झडपमा घाइते भएका काठमाडाैँ । मोडेल अस्पतालमा उपचार भइरहेको छ । झडपमा सहभागी केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कलेजमा अघिल्लो दिन भएको विवादको विषयमा बुधबार खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *