‘एनआईबिएल ग्रोथ फण्ड’ प्रति लगानीकर्ताहरुको बढ्दो आकर्षण

काठमाडाैँ । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ यहि मिति २०७९ पौष ७ गते बाट सार्वजनिक निश्कासनमा रहेको छ । योजनाको सार्वजनिक निश्कासन पौष २१ गतेसम्म रहनेछ ।
यसअघि निश्कासित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको र शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी, ८.६३ करोड इकाईको लगी आवेदन प्राप्त भईसकेको छ । यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १६ करोड सम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् ।
योजनाकोविवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लि.को वेव साईट https://www.niblcapital.com तथा नेपाल धितोपत्र बोर्डको वेव साईट https://sebon.gov.np मा समेत राखिएको छ ।
यस योजनाको समयावधि १० वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।








