गोकर्णेश्वर नगरपालिकामा दोस्रो मेयर कप खुल्ला कराँते प्रतियोगिता (तस्बिरहरु)

काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो मेयर कप खुल्ला कराँते प्रतियोगिता शुरु भएको छ ।
नगरपालिकाको युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल वादो-रियो कराँते संघको संयोजकत्वमा स्थानीय लर्ड्स लाइट एकेडेमीको प्रांगणमा पौष ८ गते बाट प्रतियोगिता सुरु भएको हो ।
पौष ८ र ९ गते गरि दुई दिन सम्म संचालन भइरहेको प्रतियोगितामा विभिन्न नगरपालिका तथा डोजोहरुबाट ५५० जना खेलाडीहरुले कुमिते र काता विधाका तौल समुहमा कुल ३० स्वर्ण, ३० रजत र ६० काश्य पदकको लागि प्रतिस्पर्धा गर्दैछन् ।
शुक्रबार एक कार्यक्रम बिच काठमाडौं निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, शान्ती श्रेष्ठ र बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जेलामाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गर्दै खेलकुद सामग्री हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
तोयाकन नेपाल वादो-रियो कराते–डो का महासचिब एवम् प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीका अनुसार पुरुष र महिला तर्फ क्रमस १० र ९ वटा तौल समुहमा खेल संचालन भइरहेका छन् । प्रतियोगितामा उपाधीका लागि पुरुष तर्फ ३५० र महिला तर्फ २०० खेलाडीले प्रतिस्पर्धा गर्दैछन्
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले विजयी खेलाडी तथा डोजोलाई पुरस्कार बितरण गर्दै शनिबार कार्यक्रमको समापन गर्दैछन् ।