देउवालाई जनताले रुचाए, उहाँ छैटौँ पटक प्रधानमन्त्री बन्नुहुन्छ : सांसद गुरुङ (अन्तर्वार्ता)

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुम जिल्लाबाट निर्वाचित सीता गुरुङ नेपाली कांग्रेसबाट प्रतक्क्ष जित्ने एकमात्र महिला सांसद हुन् । देशभर नेपाली कांग्रेसले ५ जना महिलालाई प्रतिनिधि सभामा उठाएको थियो । तर सीताले मात्र कांग्रेसको बिरासत बचाउँन सफल भइन् । सीता २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार भवानी खापुङसँग झिनो मतान्तरले पराजित भएकी थिइन् ।

तेह्रथुममा कांग्रेस उम्मेदवारले चुनाव जित्नु कठिन नै देखिन्थ्यो । यसअघि दुई पटकसम्म प्रत्यक्ष चुनाव जितेका र एक पटक समानुपातिक सूचीबाट सांसद बनेका एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बालाई हराउन सीताले धेरै कसरत गर्नुपर्ने देखिन्थ्यो ।

अन्ततः नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै वाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी नेता सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भइन् । गुरुङले १९ हजार ७ सय २ मत पाएकी छन् । उनै गुरुङसँग   वर्तमान राजनीतिक अवस्था र अबको सरकार गठनको सन्दर्भमा रहेर मकालुखबरले कुराकानी गरेको छ ।

गुरुङ भन्छिन्, देउवालाई जनताले रुचाए, उहाँ छैटौँ पटक प्रधानमन्त्री बन्नुहुन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *