पार्टीमा जाँदा मेरो वाक् स्वतन्त्रता हनन् हुन्छ, स्वतन्त्रै बस्छु : हर्क साम्पाङ (अन्तर्वार्ता)

मेयरले सामाजिक सञ्जालमा प्रतिक्रिया दिनै नहुने हाेइन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पाँच वर्षे कार्यकालमा खानेपानी, स्वास्थ्य, शिक्षालगायत नगरका पूर्वाधार विकासमा काम गर्ने बताएका छन् ।

ठुला राजनीतिक दललाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारका बनेर मेयरमा निर्वाचित भएका साम्पाङले गरेको कामको चर्चा देशभर हुने गरेको छ ।

उनले पाँच वर्षमा देशकै नमूना सहरको रूपमा धरानलाई विकास गर्ने बताइरहेका छन् । उनले भनेका छन्, ‘म अभियान चलाएर आएको मानछे हो, पार्टीको टीका थापेर आएको होइन । म काम गर्छु ।’

हप्ताको एकदिन शनिबारलाई ‘श्रमबार’को रुपमा परिभाषित गरेका मेयर साम्पाङले धरानका सबै नागरिकले शनिबार सार्वजनिक क्षेत्रमा श्रमदान गर्नुपर्ने नियम बसालेका छन् । शनिबारलाई ‘श्रमबार’ समेतको नाम दिएर क्यालेन्डर बनाएका उनी आफैँले शनिबार सार्वजनिक क्षेत्रमा श्रम गर्नुपर्ने नियम बनाएका हुन् ।

उनी आफैँ पनि शनिबार कुटो कोदालो बोकेर खानेपानी, सडक तथा बिरुवा रोप्ने काममा लाग्ने गरेका छन् । र, सबैलाई लाग्न आह्वान गर्छन् ।

राजनीतिक दलमा जाँदा वाक् स्वतन्त्रता हनन हुने र पार्टीको अधिनमा बस्नुपर्ने भएकाले कार्यअवधिभर कुनै पार्टीमा नलाग्ने उनी बताउँछन् ।

जनताको सपना नै आफ्नो सपना भएको बताउने उनले अहिले धरानमा गरिराखेको काम जनताको चाहाना भएको दाबी गरेका छन् । नेपाली युवाले कृषि क्रान्तिमा ध्यान दिनुपर्ने कुरामा पनि उनको जोड छ ।

प्रस्तुत छ, उनै भिन्न शैलीमा काम गर्ने र देश बनाउन हुटहुटी मनमा बोकेर अघि बढिरहेका उनै चर्चित मेयर साम्पाङसँग मकालुखबरले गरेको कुराकानी :

भिडिओ अन्तर्वार्ता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *