पूर्वराजा ज्ञानेन्द्र शाहलाई जानकी मन्दिरमा भव्य स्वागत

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन् ।

हिजो जनकपुरधाम आइपुगेका उनले आज जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन् । जानकी मन्दिरमा उनको स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । उनी मन्दिर पुगेपछि समर्थकले राजा आउ, देश बचाउको नारा लगाए ।

मन्दिरका महन्थ रामतपेश्वर दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर भएको मायाको चिनो प्रदान गरे । पूजापाठ पश्चात उनी जनकपुरस्थित होटल सोल्ती पुगेका छन् ।

जनकपुर किन आएको विषयमा उनले कुनै प्रतिक्रिया दिन मानेनन् । उनी आज दिउँसो समर्थकहरुसँग छलफल गर्ने स्रोतले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *