दसौँ भूकम्प स्मृति दिवस

‘भूकम्पका भग्नावशेषः असनका एक दशक’ (तस्बिरहरु)

काठमाडौं । २०७२ साल वैशाख १२ गते । त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो । विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो ।

तर १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा समय अझै त्यही दिनमा रोकिएको जस्तो लाग्छ । काठमाडौंको असन, मरु क्षेत्र यस्तै एउटा उदाहरण हो ।

असन र मरुका यी भग्नावशेषहरू मानिसहरूको असीम पीडा र राज्यको उदासीनताका मौन साक्षी हुन् ।

आफ्नो बास बस्ने घर भत्किएपछिको त्यो डरलाग्दो रात पछि, आजसम्म ती भग्नावशेषले मात्रै स्थानीय बासिन्दाहरूको अधुरो आशाको कथा बोकेका छन् ।

धेरैले ऋण काढेर जसोतसो तङ्ग्रिने प्रयास गरे, तर केही भने अहिले पनि भग्नावशेषको बीचमा जीवन बिताउन बाध्य छन् । एक दशक भनेको धेरै समय हो ।

तर असनका यी कङ्काल बनेका भवनहरूले भने अझै नयाँ स्वरूप लिन सकेका छैनन् । कतिपय भवनहरु निजी निवास हुन् ।

दाजुभाईबीचको अंशबण्डाका कारण पनि विवादले बन्न सकेका छैनन् । विकासका गफहरू धेरै भए, पुनःसंरचनाका आश्वासनहरू पटक–पटक बाँडिए, तर वास्तविकता भने यी फोटोहरूमा देखिने जस्तै पीडादायी छ । के राज्यको ध्यान यता कहिल्यै पुग्ला ? के यी भग्नावशेषहरूले फेरि नयाँ जीवन पाउलान् ? प्रश्नहरू अनुत्तरित नै छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =