सचिन परियार टिचिङ अस्पतालको आइसियुमा, बोल्न नसक्ने अवस्था !

काठमाडौँ । एक समय सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनेका बाल गायक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसनमार्फत २० हजार आर्थिक सहयोग गरेको छ । फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमार्फत साे जानकारी गराएका हुन् । उनकाअनुसार अवस्था नराम्रोसँग बिग्रिएको छ ।

कमलले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सचिनको अवस्था पीडादायक रहेको र खर्च अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन नसकेको परिवारले जानकारी दिएकाे छ । बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *