प्रवेश विन्दुका हेल्थ डेक्सलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ । सरकारले नेपाल प्रवेश विन्दुहरुमा रहेका हेल्थ डेक्सहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो निर्देशन दिएको हो ।

छिमेकी देशहरूमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको अवस्थामा निगरानी बढाउपर्ने र यसका लागि सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको समेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा प्रवेश विन्दुका सबै हेल्थ डेक्स तथा स्वास्थ्य संस्थाहरूले आवश्यक स्क्रीनिंङ, निगरानी सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भने पुष्टि भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *