कलैयामा कोरोनाविरूद्ध बालबालिकालाई खोप दिइने

कलैया । कोभिड–१९ विरुद्ध बारा जिल्लाका स्थानीय तहहरूमा पाँच वर्षदेखि १२ वर्षमुनिका एक लाख २० हजार बालबालिकालाई फाइजर खोप दिने अभियान सुरु हुने भएको छ ।

खोप अभियान कार्यक्रमको पहिलो चरणमा यही भदौ १६ देखि ३१ गतेसम्म जिल्लाको कलैया उप–महानगरपालिका, जीतपुर सिमरा उप–महानगरपालिका, निजगढ र कोल्हबी नगरपालिका, फेंटा, प्रसौनी, विश्रामपुर र परवानीपुर गाँउपालिकाका पाँच वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताए ।

यसैगरी दोस्रो चरणमा यही भदौ २७ देखि ३१ गतेसम्म जिल्लाको सिम्रौनगढ, पचरौता, महागढीमाई नगरपालिका, आदर्श कोतवाल सुवर्ण, देवताल, बारागढी र करैयामाई गाँउपालिकामा खोप दिइने छ । खोप अभियान कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *