कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, थपिए १०४ संक्रमित

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । यो अवधिमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ नमुना संकलन गरिएको मध्ये ५७१ जनाको पीसीआर परीक्षण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ । संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

सोमबार ६० जनालाई भने कोरोना संक्रमण निको भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *