कोरोना संक्रमण बढ्दै, सुरक्षा सतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौँ । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् ।

यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

उनले कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातीको रहेको बताए । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी–१–१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे ।

उन यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताउनु भयो । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् ।

अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।

‘पछिल्लो समय कोरोना संक्रमित बढीरहेको देखिन्छ,’ उनले भने, ‘केही हप्ताको तुलनामा र औषतमा १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ । कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ । जुन नेपालमा ९ वटा सबभेरियन्टहरु अहिले रहेको छ । आदि भन्दा बढी नयाँ नै देखिन्छ ।’

उनका अनुसार अहिले कोरोना फैलाउन एक्सबीबी–वान–१६ भेरियन्टको भाइरस मुख्य मानिएको छ । नेपालमा पनि ४२ प्रतिशतसम्म कोरोना फैलाउन उक्त भेरियन्टको भूमिका रहेको उनले बताए । भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो । यसको मतलव यो संक्रामक छ । तर संक्रामक हुँदाहुँदै पनि यो ओमिक्रोनकै सबभेरियन्ट भएकाले तुलनात्मक रुपमा डेल्टा त्योभन्दा अघिको लहरमा देखिएको भेरियन्टभन्दा कम घातक मान्ने गरिन्छ ।

उनका अनुसार आइसीयुमा गएका र मृत्यु भएका ज्येष्ठ नागरिक र दीर्घरागीहरु छन् ।

त्यसैले खोप नलगाएको भए बुस्टर डोड खोप लगाउन उनले सुझाव दिए ।

उनका अनुसार यो ठूलो घातक नमानिए पनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्छ, त्यसैले शतर्कता अपनाउन जरुरी छ । शतर्कता बेलैमा अपनाए मानवीय क्षति कम हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाई राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ ।

उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्नु नपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *