धोबीखोला किनारका बस्तिमा महानगरको डोजर (तस्बिरहरु)

काठमाडौँ । धोबीखोला किनारका बस्तिमा महानगरले डोजर चलाएको छ । काठमाडौँ महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको हो ।

बुधबार महानगरको डोजर अनामनगरको धोबीखोला नदी किनारमा बनेका अवैध संरचना हटाउन पुगेको छ।
अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले निर्माण गरेका टहरा तथा पर्खाल भत्काइसकेको छ । यस्तै हाल सो आसपासमा नदी किनारमा बनेका अवैध संरचना भत्काउने महानगरले जनाएको छ ।

धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको काठमाडौँ महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *