२० तस्बिरमा कांग्रेस संसदीय दलको चुनाव

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही ढिलो गरी शुरु भएको मतदान जारी रहेको हो ।

मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ भने पत्रकारलाई भित्र जान निषेध गरिएको छ ।

प्रतिस्पर्धा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मतदान गरेका छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ ।

कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । तर मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =