अमेरिकाको लागि राजदूत बने अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री

काठमाडौँ । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । केभिन रुड अस्ट्रेलियाका २६औँ प्रधानमन्त्री हुन् ।

उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रूपमा कार्यभार सम्हाल्नेछन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् । उनी हाल एसिया सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रमुख पनि छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्व प्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *