यसरी मनाइयो पाँचौँ राष्ट्रिय झण्डा दिवस (तस्बिरहरू)
२०७९ पुस १ गते

काठमाडाैँ । आज पुस १ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाइँदैछ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, श्रद्धाबन नेपाल तथा राष्ट्रिय झण्डा दिवस समारोह समितिको आयोजनामा पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।
आज माइतीघरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजन्द माण्डवेय, १०० ग्रुपका अध्यक्ष बब्लु गुप्ता, हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्त लगायतको नेतृत्वमा माइतीघरमा भेला भई भद्रकाली,सहिद गेट हुँदै वसन्तपुरमा पुगी समापन भएको छ ।
नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले चार वर्षअघिदेखि डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको थियो । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रूपमा नेपाली राष्ट्रिय झण्डाको रूपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरू गरिएको हो ।

२०७९ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








